सोपान फर्मास्युटिकल्समा माग भन्दा ९.५७ गुणा बढी आवेदन

Apr 21, 2026 06:18 PM Merolagani



सोपान फर्मास्युटिकल्स लिमिटेडले निष्कासन गरेको आईपीओमा मागभन्दा ९.५७ गुणा बढीले आवेदन परेको छ।

कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेकोमा २९ लाख १४ हजार ४४३ जना आवेदकबाट कुल ३ करोड ३२ लाख ६७ हजार ५० कित्ताका लागि आवेदन परेको छ। वैशाख ३ गतेदेखि बिक्री खुला गरिएको उक्त आईपीओमा मागभन्दा उल्लेख्य बढी आवेदन परेसँगै अब धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट शेयर वितरण गरिनेछ।

अन्तिम तथ्यांकका आधारमा कुल आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् भने बाँकी करिब २५ लाख ६७ हजार आवेदकको हात खाली हुने देखिएको छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।