सुनचाँदी दुवैको मूल्य घट्यो

Apr 22, 2026 10:58 AM Merolagani



बैशाख ९ गते बुधबार, नेपाली बजारमा सुनको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ८०० रुपैयाँ र चाँदी तोलामा ३० रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार ३०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

 

यस दिन चाँदी प्रतितोला पाँच हजार १३० रुपैयाँ खरिदबिक्री भइरहेको छ। मंगलबारको बजारमा चाँदी प्रतितोला पाँच हजार १६० रुपैयाँ खरिदबिक्री भएको थियो।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।