प्रि ओपन सेसन अपडेटः करिब ३ अंक बढ्यो नेप्से

Apr 22, 2026 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ३ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार १८.१० अंक घटेर २८०७.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २.९२ अंक बढेर २८१०.०४ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.९० अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ६५ स्टकको १६२ पटकको कारोबारमा ३४ लाख ४४ हजार ६४६ रुपैयाँबराबरको ५ हजार ६४९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २४ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।