आरसीओडीको म्याद थपका लागि सम्पर्कमा आउन प्राधिकरणको आग्रह, ७ दिनको समयसीमा

Apr 22, 2026 05:26 PM merolagani



विद्युत् आयोजनाको व्यावसायिक उत्पादन सुरु मिति (आरसीओडी) म्याद थपका लागि प्रवर्द्धकहरूलाई सम्पर्कमा आउन नेपाल विद्युत् प्राधिकरणले आग्रह गरेको छ । 

प्राधिकरणअन्तर्गत व्यवसाय विकास निर्देशनालय, विद्युत् व्यापार विभागले बुधबार (वैशाख ९) गते प्रकाशित सूचनामार्फत यस्तो जानकारी दिएको हो ।

प्राधिकरण सञ्चालक समितिको २०७१ भदौ ३१ गते बसेको ६८८औँ बैठकले निजी क्षेत्रका विद्युत प्रवर्द्धक कम्पनीहरूसँग सम्पन्न विद्युत् खरिद–बिक्री सम्झौता तथा ग्रीड कनेक्सन एग्रिमेन्टमा उल्लेखित प्राधिकरणको दायित्व भित्र पर्ने प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य सम्पन्न नभएको अवस्थालाई ध्यानमा राख्दै आरसीओडी संशोधन गर्न स्वीकृति दिने निर्णय गरेको उल्लेख छ ।

उक्त निर्णयअनुसार आरसीओडीसम्म पनि निर्माण सम्पन्न नभएका आयोजनाहरूले तोकिएका सर्त पूरा गरेको अवस्थामा आफ्नो आयोजनाको आरसीओडी थप गर्न सक्नेछन् । यसका लागि सूचना प्रकाशित भएको मितिले सात दिनभित्र सम्बन्धित विभागमा सम्पर्क गर्न प्राधिकरणले आग्रह गरेको छ ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।