काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा

Apr 23, 2026 11:39 AM Merolagani



नेपालको राजधानी काठमाडौँको वायु प्रदूषण ‘अति अस्वस्थकर’ तहमा पुगेको छ । काठमाडौँ विश्वकै वायु प्रदूषणको सूचीमा दोस्रो स्थानमा देखिएको छ ।

आज बैशाख १० गते बिहान ११ बजे काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २१६ छ । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो ।

एक्यूआई १०१ देखि १५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीका निम्ति ‘अस्वस्थकर’ हुन्छ ।

त्यो १५१ देखि २०० सम्म पुगेमा सबैका निम्ति अस्वस्थकर हुन्छ । यस्तै, २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थकर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।

.




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।