आँखुखोला जलविद्युतको विद्युत बिक्री आम्दानी बढ्यो, नाफा कति?

Apr 24, 2026 09:59 AM Merolagani



आँखुखोला जलविद्युत कम्पनी लिमिटेड (AKJCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

 

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १७ करोड २४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा पनि बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १३.८२ प्रतिशत बढेर ३ करोड ८३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २३.३१ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ३१ पैसा बढेर २ रुपैयाँ ५६ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा रहेको छ।

२ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।