चिलिमे हाइड्रोपावरको आम्दानी सामान्य घट्याे, तर लगानीबाट हुने आयमा सुधार

May 03, 2026 07:16 AM Merolagani



चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार, कम्पनीको विद्युत बिक्री आम्दानीमा सामान्य गिरावट आए पनि अन्य स्रोतको आम्दानी र लगानीका कारण वित्तीय अवस्था सन्तुलित देखिएको छ।

१) आम्दानी र नाफाको अवस्था

विद्युत बिक्री आम्दानीः कम्पनीले यस आर्थिक वर्षको चैत मसान्तसम्म ८२ करोड ३६ लाख रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ, जुन गत वर्षको सोही अवधिको (८२ करोड ४९ लाख) तुलनामा ०.१५ प्रतिशत कम हो।

खुद नाफाः कम्पनीको खुद नाफा गत वर्षको ५१ करोड ४८ लाखबाट घटेर ४५ करोड ६९ लाख रुपैयाँमा झरेको छ। नाफा घट्नुमा प्रशासनिक खर्चमा भएको वृद्धि र कर्मचारी बोनस व्यवस्थापन मुख्य कारण देखिएका छन्।

लगानीबाट आम्दानीः कम्पनीले बैंक निक्षेप र अन्य वित्तीय लगानीबाट १० करोड २८ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा १४.२३ प्रतिशत बढी हो।

(समाचारमा उल्लेखित गत आर्थिक वर्षकाे खुद नाफा कम्पनीले हाल प्रकाशित गरेकाे विवरण अनुसार रहेकाे छ भने चित्रमा भएकाे साे अवधिकाे खुद नाफा कम्पनीले गत वर्ष प्रकाशित गरेकाे वित्तीय विवरण अनुसार हाे।)

२) मुख्य वित्तीय सूचकहरू

३) विश्लेषणात्मक टिप्पणी

उत्पादनमा प्रभावः यस वर्ष हिउँदमा नदीमा पानीको बहाव कम भएका कारण विद्युत उत्पादनमा सामान्य कमी आएको कम्पनीले उल्लेख गरेको छ।

बढ्दो खर्चः कम्पनीको कर्मचारी खर्चमा १४.२३ प्रतिशत वृद्धि भएको छ भने प्रशासनिक खर्च पनि गत वर्षको तुलनामा बढेको देखिन्छ।

परियोजना विस्तारः कम्पनीले सेती नदी–३ (८७ मेगावाट), बुढीगण्डकी प्रोक (२१ मेगावाट) र स्यारखोला (५४ मेगावाट) जस्ता नयाँ आयोजनाहरूको निर्माण प्रक्रिया अघि बढाएको छ, जसले दीर्घकालीन रूपमा कम्पनीको आम्दानी बढाउने देखिन्छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।