बिक्रम पाण्डेलाई थप ८ दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति

Apr 28, 2026 01:03 PM Merolagani



निर्माण व्यवसायी विक्रम पाण्डेलाई ठेक्कापट्टाको अनियमतितामा मुछिएपछि ८ दिन म्याद थप गरिएको छ । 

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का उपाध्यक्ष समेत रहेको उनलाई जिल्ला अदालत काठमाडौंले हिजो ८ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पाण्डेलाई शुक्रबार पक्राउ गरेको थियो । निर्माण व्यवसायीसमेत रहेका उनी कालीका कन्स्ट्रक्सनका सञ्चालक हुन् । उनीसहित यो प्रकरणमा अहिलेसम्म १३ जनालाई पक्राउ गरेर अनुसन्धान भइरहेको सीआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरिक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए । उनीहरुमध्ये ७ जना निर्माण व्यवसायी छन् ।

पाण्डेमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन प्रणाली (इ बिडिङ) मा अनाधिकृत पहुँच पुर्याएर ठेक्काहरुको विवरण हेरफेर गरेको विषयमा उजुरी परेको थियो । कार्यालयले आर्थिक प्रस्ताव खोल्नुभन्दा अगाडि नै आफ्नो प्रस्ताव संसोधन गरेर ठेक्का हत्याउन गरेको पाइएपछि प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो ।




यस्ता छन् मन्त्रिपरिषद् बैठकका तीन निर्णय, सुकुम्वासी बस्ती हटाउने बिषय उठेन

Apr 23, 2026 01:19 PM

सरकारले महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।