त्यसैक्रममा उनीहरु बीच एआईको लागि आवश्यक पर्ने डाटा सेण्टरहरुको स्थापनाको लागिसमेत होडबाजी शुरु भएको देखिन्छ । यसमा आश्चर्य लाग्ने कुरा के छ भने एआईको विकासमा अमेरिकालाई पनि उछिनेको चीन डाटा सेण्टरहरुको स्थापनामा अमेरिकाभन्दा निकै पछाडी छ ।
चीन भन्दा अगाडी जर्मनी र बेलायत छन् । स्ट्यानफोर्ड इन्स्टिच्युट फर ह्युमन-सेन्टर्ड आर्टिफिसियल इन्टेलिजेन्सद्वारा प्रकाशित एआई इन्डेक्स रिपोर्ट २०२६ का अनुसार संयुक्त राज्य अमेरिकाले अहिलेसम्म ५ हजार ४ सय २७ डाटा सेन्टरहरू स्थापना गरिसकेको छ । यो बाँकी विश्वका सबै देशहरुले स्थापना गरेको डाटा सेण्टरहरुभन्दा पनि दोब्बर भन्दा धेरै हो । युरोपका दुई प्रमुख अर्थतन्त्र जर्मनीले ५ सय २९ र बेलायत ५ सय २३ बटा डाटा सेण्टर स्थापना गरेका छन् ।
एआईको विकासमा अमेरिकालाई पनि उछिनेको चीनले भने अहिलेसम्म केवल ४ सय ४९ वटा डाटा सेण्टरहरु मात्र स्थापना गरेको छ । त्यस्तै क्यानाडा ३ सय ३७, फ्रान्स ३ सय २२, अष्ट्रेलिया ३ सय १४, नेदरल्यान्ड्सले २ सय ९, रुसले २ सय ५० वटा डाटा सेण्टरहरूको स्थापना गरेका छन् । त्यस्तै इटाली , स्पेन, पोल्याण्ड, इरान र स्विट्जरल्यान्डले सयभन्दा धेरै डाटा सेण्टरहरु स्थापना गरेका छन् । त्यसवाहेक स्वीडेन,बेल्जियम, अस्ट्रिया, युक्रेन, आयरल्याण्ड र डेनमार्कले पनि आ आफ्नो देशमा दर्जनौंको संख्यामा डाटा सेण्टरहरु स्थापना गरिसकेको उक्त रिपोर्टले देखाएको छ ।
डाटा सेन्टरहरूलाई कृत्रिम बुद्धिमत्ताको मेरुदण्ड मानिन्छ जसबाट एआई च्याटबोट क्वेरीहरू, स्ट्रिम गरिएको भिडियो, र क्लाउड भण्डारण गरिएका फाइलहरूबाट सबै कुरालाई शक्ति प्रदान गर्दछ ।
यस्तो अवस्थामा एआईको क्षेत्रमा चमत्कार गरिरहेको चीन डाटा सेण्टरहरुको स्थापनामा पछाडि पर्नुलाई भने अनुसन्धानकर्ताको लागि पनि आश्चर्यको विषय भएको बताइएको छ । ‘चीन डाटा सेण्टरहरु स्थापनामा पछाडि पर्नु पर्ने कारण के हो हामीले पनि बुझ्न सकेका छैनौं । या त जति डाटा सेण्टरहरु स्थापना गरिएका छन्, ती एकदमै शक्तिशाली छन्, या त यस्को पछाडि अरु नै केही रहस्यहरु छ’ रिपोर्ट तयार गर्ने कार्यमा संलग्न रहेका अनुसन्धानकर्ताहरुको भनाइ रहेको छ ।