प्रि ओपन सेसन अपडेटः करिब साढे ४ अंक घट्यो नेप्से

Apr 30, 2026 10:53 AM Merolagani



साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ४ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात बुधबार २५.८१ अंक घटेर २७४४.४५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ४.३९ अंक घटेर २७४०.०५ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने १.२४ अंक घटेको छ।

बिहीबार प्रि ओपन सेसनमा ५० स्टकको ६८ पटकको कारोबारमा २२ लाख ६८ हजार ५२६ रुपैयाँ ५० पैसाबराबरको २ हजार ४८२ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने २८ स्टकको मूल्य घटेको छ। बाँकी ७ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।