भारतमा पहिलो पटक इथानोलबाट चल्ने बाइक: रोयल इन्फिल्ड क्लासिक ३५० ‘फ्लेक्स–फ्युल’, यस्ता छन् विशेषताहरू

May 02, 2026 10:58 AM Merolagani



भारतले सन् २०२५ सम्ममा पेट्रोलमा २० प्रतिशत इथानोल मिसावट गर्ने लक्ष्य हासिल गरिसकेको छ। अब भारत सरकारले पेट्रोलमा अझ बढी इथानोल मिसाउने तयारी थालेको छ।

 यस्तो इन्धनको प्रयोगका लागि विशेष गरी ‘फ्लेक्स–फ्युल’बाट चल्ने गाडीहरू आवश्यक पर्छन्। यसै क्रममा, रोयल इन्फिल्डले आफ्नो लोकप्रिय मोडल क्लासिक ३५० (Classic 350) लाई फ्लेक्स–फ्युलमा चल्ने बनाउन परीक्षण सुरु गरेको छ। हालै चेन्नईका सडकमा यसको एउटा परीक्षण मोडल देखिएको छ, जसको ट्याङ्कीमा ‘E85 Fuel’ लेखिएको स्टिकर टाँसिएको थियो।

के–के छन् परिवर्तन?

यो बाइक रोयल इन्फिल्डको ‘J-platform’ मा आधारित छ। ट्याङ्कीमा भएको ‘E85’ स्टिकर, नयाँ रङ र एलोय ह्वील बाहेक यो बाइक हेर्दा हालको क्लासिक ३५० जस्तै देखिन्छ। यसको बनावटमा अन्य ठूला परिवर्तनहरू गरिएको छैन।

इन्जिन र विशेषताहरूः

क्लासिक ३५० फ्लेक्स–फ्युलमा ३४९ सीसीको सिंगल–सिलिन्डर, एयर–कुल्ड इन्जिन रहनेछ। यसले २० बीएचपी पावर र २७ एनएम टर्क उत्पादन गर्छ। यसमा एलईडी हेडलाइट, एलईडी इन्डिकेटर, ट्रिपर नेभिगेसन पोड र मिलाउन मिल्ने लिभरहरू जस्ता सुविधाहरू हुनेछन्।

हालको मूल्य र भेरियन्ट

हाल भारतमा क्लासिक ३५० का चारवटा मुख्य भेरियन्टहरू उपलब्ध छन्। यिनको मूल्य भारतीय बजारमा भारु २ लाख २२ हजार १४८ देखि भारु २ लाख ३४ हजार १२५ सम्म (एक्स–शोरूम) रहेको छ। यो नयाँ फ्लेक्स–फ्युल बाइक सार्वजनिक भएपछि वातावरण प्रदूषण कम गर्न र पेट्रोलको आयात घटाउन ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ।




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।