इमानदारिताका साथ व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध छ : अर्थमन्त्री वाग्ले

May 02, 2026 04:54 PM Merolagani



अर्थमन्त्री स्वर्णिम वाग्लेले इमानदारिताका साथ व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध रहेकाे बताएका छन् ।

बाह्रखरी मिडियाले शनिबार (वैशाख १९) काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा उनले यस्ताे बताएका हुन् ।

अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर मुलुकको आर्थिक विकास गर्नेमा प्रतिबद्ध रहेको बताए । “हामी निजी क्षेत्रलाई विश्वासमै लिएर आर्थिक विकास गर्नेतर्फ प्रतिबद्ध छौँ । हामी व्यवसायीहरूको सुरक्षामा पनि उत्तिकै इमानदार छौँ । इमानदारिताका साथ व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध छ ।”




सुनको मूल्यमा भारि गिरावट, चाँदी कतिमा हुँदैछ काराेबार?

Apr 28, 2026 10:43 AM

बैशाख १५ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार रुपैयाँ र चाँदी तोलामा एक सय रुपैयाँ घटेको हो।