कार्यालयका अनुसार पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ र कोइलालगायत वस्तु आयात भएका हुन्। यी पदार्थको आयातबाट मात्र नौ महिनामा रु ७ अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व सङ्कलन भएको छ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी पेट्रोल आयात भएको छ। सो अवधिमा रु ७ अर्ब ७५ करोड ९४ लाख बराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात गरिएको छ। त्यस्तै, रु ५ अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल भित्रिएको छ।
एलपी ग्यासतर्फ रु १ अर्ब ९० करोड ५९ लाख बराबरको १९ हजार १३६.६९३ मेट्रिक टन आयात भएको छ। यस्तै, रु ५७ करोड ५१ लाख बराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ र रु ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको भन्सार कार्यालयले जनाएको छ।