पार्टीका प्रवक्ता मनिष झा का अनुसार बैठक बिहान ११ बजे सुरु हुनेछ। बैठकमा आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको रूपरेखा तय गर्ने विषय प्रमुख एजेन्डा रहनेछ।
यसैगरी, महाधिवेशन कार्यविधि २०८३, संसदीय दलको विधान संशोधन तथा पछिल्ला समसामयिक राजनीतिक विषयहरूमा पनि छलफल हुने जनाइएको छ।