प्रधानमन्त्री बालेन शाहले गृह मन्त्रीको रुपमा कार्यभार लिएसँगै अनाधिकृत संरचना र लालपुर्जाबिना र सुकुम्बासी बस्ती खाली गर्ने निर्देशन दिएका थिए । त्यसअनुरुप नै शनिबारदेखि धोबीखोला करिडोरभित्र मापदण्ड मिचेर बनाइएका संरचना खाली गराउन लागिएको हो ।
उक्त ८ तले भवनमा मार्ट, रेष्टुरेन्टलगायत अन्य कार्यालयहरु सञ्चालन हुँदै आएका थिए । भवनमा डोजर चल्ने भएपछि त्यहाँ व्यापार व्यवसाय गर्नेहरुले धमाधम सामान निकाल्ने र खाली गर्ने काम गरिरहेका छन् ।
उक्त ८ तले भवन भत्काउन यतिबेला डोजर पुगिकेको र सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ । उक्त करिडोर बन्द गरी भवन भत्काउन लागिएको हो ।