सुन चाँदीको मूल्यमा गिरावट

May 05, 2026 10:57 AM Merolagani



बैशाख २२ गते मंगलबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला तीन हजार ८०० रुपैयाँ, चाँदी तोलामा १५० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ। सोमबारको बजारमा सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस दिन चाँदी प्रतितोला चार हजार ८ सय ४० रुपैयाँ खरिदबिक्री भइरहेको छ। गत सोमबारको बजारमा चाँदी प्रतितोला पाँच हजार ३० रुपैयाँमा खरिदबिक्री भएको थियो।