८० वर्ष पुग्न लागेका ट्रम्प भन्छन्- आज पनि मलाई ५० वर्षअघिजस्तै ऊर्जा भएको अनुभव हुन्छ

May 06, 2026 11:21 AM Merolagani



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० वर्षअघिजस्तै ऊर्जा भएको अनुभव भएकाे बताएका छन् । ८० वर्ष पुग्न लागेका ट्रम्पले ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा यस्ताे बताएका हुन् ।

उनले भने, 'म वृद्ध भएको छैन । म धेरै जवान महसुस गर्छु । आज पनि मलाई ५० वर्षअघिजस्तै ऊर्जा भएको अनुभव हुन्छ ।'

उनले पुनः एकपटक राष्ट्रपति बन्ने इच्छा व्यक्त गरेका छन् । 'म ठट्टा गरिरहेको छैन । मलाई काम गर्न मन पर्छ । अहिले त मेरो कार्यकालको सुरुआत मात्र हो र अझै धेरै काम गर्न बाँकी छ,' ट्रम्पले भने ।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।