बैठकको मुख्य एजेन्डा 'प्रधानन्यायाधीशको नियुक्ति सिफारिस' रहेको सचिवालयले जनाएको छ । अहिले प्रधानन्यायाधीशको जिम्मेवारी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सम्हाल्दै आएकी छन् ।
बैठकमा सहभागि हुन् सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधिसभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ । बैठकको गणपूरक सङ्ख्या चार कायम गरिएको छ र त्यसको बहुमतबाट निर्णय गर्ने प्रावधान छ ।