यस साता करिब ७ अंक बढ्यो नेप्से, कुन उपसमूहको परिसूचक कति घट्यो?

May 09, 2026 05:55 AM Merolagani



यस साता नेप्से परिसूचक करिब ७ अंक बढेर बन्द भएको छ। गत साता २७३८.७२ विन्दुमा बन्द भएको नेप्से, यस साता ०.२५ प्रतिशत अर्थात ६.९३ अंक बढेर २७४५.६५ विन्दुमा बन्द भएको छ।

यस साता पाँच कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से घटेको थियो भने तीन कारोबार दिन बढेर बन्द भएको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स २.९० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंक बढेको छ।

नेप्से बढेपनि यस साता कारोबार रकम भने घटेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ३ अर्ब ४२ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ३५.३४ प्रतिशत घटेको हो। त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या ३४.९१ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ४६.९१ प्रतिशत घटेको छ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ०.२५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ७१ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता ११ अर्ब रुपैयाँ बढेर ४६ खर्ब ८२ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक १.६० प्रतिशत बढेको छ। गत साता १९८०.०१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ३१.६५ अंक बढेर २०११.६६ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ। सो उपसमूहको परिसूचक यस साता ३८.८२ अंक बढेको हो।

कारोबारमा आएको विकास बैंक उपसमूहको परिसूचक यस साता सर्वाधिक १.५० प्रतिशत घटेको छ। गत साता ५९५३.४९ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ८९.४० अंक घटेर ६८६४.०९ विन्दुमा झरेको छ। त्यस्तै, यस साता अंकका आधारमा भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सबैभन्दा बढी १३६.२९ अंक घटेको छ।

यस साता दुई कम्पनीको कुल ३३ लाख ५७ हजार १७७.२८ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ। यस साता नागरिक लगानी कोष र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।

यस साता झापा इनर्जीको शेयरमूल्य सर्वाधिक १७.६५ प्रतिशत बढेको छ। गत साता १ हजार ५६४ रुपैयाँमा अन्तिम कारोबार भएको यस कम्पनीको शेयर, यस साता १ हजार ८४९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य करिब साढे १० प्रतिशत बढेको छ। कारोबारमा आएको कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य यस साता सर्वाधिक १५.१७ प्रतिशत बढेको छ। गत साता २ हजार ४०० रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता २ हजार ३५ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस साता शिखर पावर डेभलपमेन्टको शेयरमूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य ११ प्रतिशतभन्दा बढी घटेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता गुराँस लघुवित्त वित्तीय संस्था, रु रु जलविद्युत परियोजना, एनआईसी एशिया सेलेक्ट ३० (इण्डेक्स फण्ड) लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मेन्छियाम हाइड्रोपावर, छिमेक लघुवित्त वित्तीय संस्था, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।




मालपोत ऐन संशोधन: अब जग्गा पास, नामसारी र रोक्काको काम स्थानीय तहबाटै हुने, 'मालपोत कार्यालय'को नाम पनि फेरियो

May 05, 2026 12:33 PM

संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ। संघीयता कार्यान्वयनको लामो समयपछि बल्ल जग्गा प्रशासनसँग सम्बन्धित महत्त्वपूर्ण अधिकार स्थानीय तह (पालिका) मा निक्षेपण भएको छ।