प्रधानमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लाेकतन्त्र सम्मानित हुन्छः हर्क साम्पाङ

May 15, 2026 09:27 AM Merolagani



श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सङ्घीय सांसद हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नैतिकताका आधारमा पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्दा लाेकतन्त्र सम्मानित हुने बताएका छन्।

 

प्रधानमन्त्री नीति तथा कार्यक्रमको समयमा अनुपस्थिति रहेको, छलफलमा सहभागी नभएको र संसदीय मर्यादा र स्थितिलाई कायम राख्न नसकेको तथा जनतालाई सम्बोधन नगरेर लोकतन्त्रप्रतिको विश्वासलाई लत्याएको साम्पाङको आरोप छ।