ह्वाइट हाउसनजिकै गोली चल्यो

May 24, 2026 08:24 AM Merolagani



अमेरिकी राष्ट्रपतिको सरकारी निवास ‘ह्वाइट हाउस’ बाहिर गोली चलेको छ। गोली चलाउने एक संदिग्ध बन्दुकधारी अमेरिकी गुप्तचर निकाय (सिक्रेट सर्विस) को जवाफी कारबाहीमा मारिएका छन्।

सेक्रेट सर्भिसका अनुसार शनिबार साँझ ६ बजे (स्थानीय समयअनुसार) तिर १७ औँ स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले आफ्नो झोलाबाट हतियार निकालेर अचानक गोली चलाउन सुरु गरेका थिए। घटनाको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ह्वाइट हाउस परिसरभित्रै थिए। घटनालगत्तै ह्वाइट हाउसलाई केही समयका लागि ‘लकडाउन’ गरिएको थियो।

उक्त घटनामा एक बटुवा समेत घाइते भएको र उनको अवस्था गम्भीर रहेको बताइएको छ। सुरक्षा निकायका तर्फबाट भने कोही पनि घाइते नभएको बताइएको छ।




लगातार चार दिन सरकारी बिदा, सरकारी कर्मचारीलाई राहत

May 22, 2026 12:15 PM

आगामी जेठ १४ गतेदेखि लगातार चार दिन बिदा परेको छ । जेठ महिनामा लगातार चार दिने बिदा हुने यो पहिलो पटक हो ।