साल्ट ट्रेडिङ्ग कर्पोरेशनको शेयरमूल्य समायोजन

May 27, 2026 06:09 AM Merolagani



जेठ १३ गते, बुधबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साल्ट ट्रेडिङ्ग कर्पोरेशन (STC) को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कम्पनीको ९.५० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात कम्पनीको शेयरमूल्य ५ हजार ४२४ रुपैयाँ ५७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा कम्पनीको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात मंगलबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ५ हजार ९३९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा कम्पनीको शेयर कारोबार खुल्नेछ।

कम्पनीले जेठ २९ गते, शुक्रबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ५९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ९.५० प्रतिशत बोनस शेयर र ०.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्न, ऋण सुविधा लिने स्वीकृती उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।