विद्या भण्डारी पक्षधरहरु ओलीकाे विकल्पको खोजीमा जुटिरहेका बेला केन्द्रीय संगठन विभागले आयोजना गरेको दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै ओलीले अध्यक्ष नछाडने स्पष्ट संकेत गरेपछि उनीहरु तरगिंत हुन पुगेका हुन् ।

जेनजी विद्रोहपछिको परिस्थिति आफूअनुकूल बनाउन हतारहतार पार्टी महाधिवेशन गरेका ओलीले अप्ठेरो परिस्थितिमा नेतृत्व छोड्ने गरी अध्यक्ष नबनेको स्पष्ट पारे । ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो। सजिलो पर्यो भने, अनुकूल वातावरण बन्यो भने, प्रधानमन्त्री खान पाइने भयो भने, कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठेरो अवस्था आयो भने झोला फ्याँकेर भागिहाल्नु भनेर मलाई अध्यक्ष बनाउनु भएको त होइन,’ ओलीले पार्टीका अगुवा नेता–कार्यकर्तालाई भने, ‘कसैलाई आशंका हुन सक्छ । मैले बिचैमा झोला फालेर अलपत्र छोडेर हिँड्ने हो? त्यो आशंका मनमा नलिनु होला।’
यता, अध्यक्ष बन्न कस्सिएकी विद्या भण्डारी भने ओलीलेकाे त्याे बाेलीले निथुक्कै भिजेकी छिन् । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नविकरण गर्ने निर्णय गरेको थियाे। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको थियाे।
गत वर्ष साउन पहिलो साता भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय एमालेले गरेको थियो । यो निर्णयले एमाले भित्र चर्काे विवाद उत्पन्न गरेको थियो । केही महिना अघि भएको एघारौं राष्ट्रिय महाधिवेशनबाट पार्टीकै नेतृत्व लिने प्रयास गरे पनि सदस्यता नविकरण नगरिएपछि उनी अध्यक्ष हुने बाटो बन्द भएको थियो । फागुन २१ गतेको चुनावमा पार्टीले पराजय भोगेपछि फेरि भण्डारीलाई पार्टी अध्यक्ष बनाउनु पर्ने आवाज उठ्दै आएको थियो ।
केही दिन अघि उनकाे पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरिएकाे थियाे । पार्टी सदस्यता नविकरणलाई अर्थपूर्णरुपमा लिइएको थियाे । सदस्यता नविकरण गरिएसँगै भण्डारी पार्टी अध्यक्ष हुने र अध्यक्ष केपी ओली नेतृत्वबाट विदा हुने अनुमान गरिएकाे थियाे । चुनावमा पराजय पछि अध्यक्ष ओलीमाथि नेतृत्व छोड्न दवाव बढ्दै गएका बेला उनले नछाड्ने भनेपछि एमाले विद्यादेवी भण्डारी हेरेकाे हेरै भएकी छिन्।