आजबाट फेरि बढ्यो अण्डाको मूल्य, सर्वसाधारण भन्छन्- अण्डा खान पनि साेच्नु पर्ने भयाे ?

Jun 06, 2026 10:48 AM Merolagani



नेपाल लेयर्स कुखुरापालक सङ्घले अण्डाको फार्म समर्थन मूल्य फेरि बढाएको छ । नयाँ मूल्यसूची अनुसार प्रमुख साइजका अण्डाहरूमा प्रति क्रेट १५ रुपैयाँले बढेकाे छ ।

पछिल्लो ११ दिनको अन्तरालमा अण्डाको मूल्य यसरी बढेको हाे । एक्सएल अण्डा पहिले प्रतिक्रेट ५४५ रुपैयाँ रहेकोमा अब १५ रुपैयाँ बढेर ५६० रुपैयाँ पुगेको छ ।

ठुलो अण्डा पहिले प्रतिक्रेट ५३० थियो, अब १५ रुपैयाँ बढेर ५४५ रुपैयाँ पुगेको छ । यस्तै मिडियम अण्डा पहिले ५०० रुपैयाँ थियो, अब १५ रुपैयाँ बढेर ५१५ रुपैयाँ पुगेको छ ।


यसैगरी सानो अण्डाको मूल्य प्रति क्रेट नभई प्रति पेटी ३ हजार रुपैयाँ तोकिएको छ । यसअघि सानो अण्डा प्रतिक्रेट ४०० रुपैयाँ रहेको थियो ।

मूल्य बढेपछि सर्वसाधारण भन्न थालेका छन्- अण्डा खान पनि साेच्नु पर्ने भएकाे छ ।




हाइड्रोपावर कम्पनीकाे 'लाेभ लाग्दाे' नाफा, कुनले कति कमाए ?

Jun 04, 2026 05:25 AM

नेपालका हाइड्रोपावर कम्पनीहरूले चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्ममा समग्र व्यवसायमा ठूलो सुधार गर्दै बलियो वित्तीय नतीजा प्रस्तुत गरेका छन्।