दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन अदालतको आदेश

Jun 17, 2026 09:32 PM Merolagani



विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र  शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

थुनछेक बहस सकिएपछि अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले बुधबार उक्त आदेश दिएको हो 

प्रहरीले भट्टलाई चैत १९ मा र अग्रवाललाई चैत २२ मा पक्राउ गरिएको थियो ।




सहसचिव अमृत लम्साल बने नेप्सेको अध्यक्ष

Jun 16, 2026 07:13 PM

डेढ महिनादेखि नेतृत्वविहीन रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ अध्यक्ष पाएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले  अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साललाई नेप्सेको नेतृत्व सुम्पिएका हुन्।