विद्युत् प्राधिकरणद्धारा पीपीए सम्पन्न भएका जलविदुत् र सौर्य आयोजनाका प्रवर्धकलाई प्रगति प्रतिवेदन पेश गर्न निर्देशन

Jun 22, 2026 05:08 PM Merolagani



नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भएर निर्माणको चरणमा रहेका जलविद्युत् तथा सोलार आयोजनाका प्रवद्र्धकलाई प्रगति प्रतिवेदन पेश गर्न आग्रह गरेको छ ।

प्राधिकरणले एक सुचना प्रकाशित गरी आयोजनाका प्रवर्द्धकलाई ७ दिनभित्र प्रगति विवरण पेश गर्न निर्देशन दिएको हो ।

प्राधिकरण व्यवसाय विकास निर्देशनालय अन्तर्गतको विद्युत् व्यापार विभागले जारी गरेको सूचनामा भनेको छ, ‘सम्झौता बमोजिम कम्तीमा चौमासिकरूपमा बुझाउनुपर्ने व्यवस्था विदितै छ । तोकिएको समयसीमा भित्र प्रगति विवरण प्राप्त नभएमा पिपिए सम्झौता बमोजिम नै आवश्यक कानुनी तथा कारबाही प्रक्रिया अगाडि बढाइने छ ।’