राष्ट्रिय मनिचेञ्जरको इजाजतपत्र खारेज हुँदै, ३५ दिनभित्र दाबी पेस गर्न राष्ट्र बैंकको सूचना

Jun 25, 2026 11:15 AM Merolagani



नेपाल राष्ट्र बैंक, धनगढी कार्यालयले कञ्चनपुरको भीमदत्तनगरस्थित एक मनिचेञ्जरको इजाजतपत्र खारेज गर्ने प्रक्रिया अघि बढाएको छ। महेन्द्रनगरमा कार्यालय रहेको राष्ट्रिय मनिचेञ्जर प्रा.लिले आफ्नो कारोबार बन्द गर्न निवेदन दिएपछि बैंकले सो सम्बन्धी सार्वजनिक सूचना जारी गरेको हो।

नेपाल राष्ट्र बैंक, मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम २२ बमोजिम उक्त मनिचेञ्जरले स्वेच्छिक रूपमा कारोबार बन्द गरी इजाजतपत्र खारेजीका लागि आवेदन दिएको बैंकले जनाएको छ।

सोही प्रक्रिया अन्तर्गत बैंकले सूचना प्रकाशित गर्दै उक्त मनिचेञ्जरसँग कसैको कुनै पनि किसिमको लेनदेन वा अन्य सरोकार बाँकी भएमा सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र धनगढी कार्यालयमा जानकारी गराउन आह्वान गरेको छ।

तोकिएको समयभित्र कुनै जानकारी वा दाबी प्राप्त नभएमा विनियमावलीको व्यवस्था बमोजिम उक्त संस्थाको इजाजतपत्र खारेजीको अन्तिम प्रक्रिया पूरा गने राष्ट्र बैंकले उल्लेख गरेको छ।




यातायात कार्यालयले भन्यो-लाइसेन्स लिन आइहाल्नुहाेस्

Jun 26, 2026 03:03 PM

एकान्तकुना यातायात कार्यालयले भिडभाड एकदमै कम भएकाेले यथाशीघ्र आफ्नो लाइसेन्स लिन आउन अनुराेध गरेकाे छ । कार्यालयले प्रिन्ट भइसकेका सवारी चालक अनुमति पत्र (लाइसेन्स) यथाशीघ्र लिन अनुरोध गरेको हाे ।