सुरुमा एक जना निर्वाचित हुने यो पदका लागि १० जनाले उम्मेदवारी दर्ता गराएका थिए। तर, उम्मेदवारी फिर्ता लिने क्रमसँगै अब चुनावी मैदानमा ४ जना मात्र बाँकी रहेका छन्। महामन्त्रीमा विपीन आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल मैदानमा छन् । रञ्जु दर्शनाले केही बेर अघि मात्र विपीन आचार्यलाई समर्थन गरेकी छिन् ।
निर्वाचन आयोगले ८ जनाको सूची सार्वजनिक गरेपछि अन्तिम समयमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुलीले नाम फिर्ता लिएका हुन्। उनीहरूले विपीन आचार्यलाई समर्थन गर्दै फिर्ता लिएका हुन् । त्यसअघि नै जगदीश खरेल र कविन्द्र बुर्लाकोटीले आफ्नो उम्मेदवारी आचार्यलाई समर्थन गर्दै फिर्ता लिइसकेका थिए।