पौडेलपत्नीले दायर गरेकाे रिटमा राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको दाबीसहित थुनामुक्तिको माग गरिएको छ ।
बिनाप्रमाण पक्राउ गरिएको भन्दै बन्दीप्रत्यक्षीकरण आदेश जारी गर्न माग गरिएको छ ।
पौडेलमाथि सम्पत्ति शुद्धीकरणको आरोप लगाउँदै अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । उनलाई विशेष अदालतबाट मंगलबार सात दिनको थुना म्याद थप भएको थियो । उक्त रिटमा बिहीबार सुनुवाइको पेसी तय भएको छ ।