पानी अत्यधिक धमिलो भएकाले सुन्दरीजल प्रशोधन केन्द्रमा पानी पठाउन नसकिएको आयोजनाले उल्लेख गरेको छ । आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तका अनुसार, पानी सफा हुनासाथ वितरण तालिकाअनुसार आपूर्ति सुचारु हुनेछ । निरन्तर वर्षा भइरहेमा भने पानी आउन केही दिन ढिलो हुन सक्छ ।