तालिममा करका प्रकार, पर्यटन क्षेत्रमा आकर्षित हुने कर, कर भुक्तानी गर्दा ध्यान दिनुपर्ने विषय, कानुनी व्यवस्था तथा सोको व्यावहारिक पालनालगायतका विषयमा व्यवसायीहरूलाई जानकारी दिइएको थियो । विशेषगरी कर र भ्याटसम्बन्धी ऐन–कानुनको ज्ञानको अभावमा साना व्यवसायीले भोग्नुपर्ने जरिवाना र झन्झटलाई न्यूनीकरण गर्न यो तालिम निकै प्रभावकारी बनेको छ ।
कार्यक्रममा बोल्दै सोट्टो नेपालका अध्यक्ष मान बहादुर शाहीले व्यवसायीलाई करका विषयमा हुने झन्झटबाट मुक्त राख्न आवश्यक व्यावहारिक ज्ञान प्रदान गरिएको बताए । उनले कर कानुनमा हरेक वर्ष परिवर्तन भए पनि यसका आधारभूत सिद्धान्तहरू स्थिर रहने र सोसम्बन्धी ज्ञानले व्यवसायको दीर्घकालीन विकासका साथै आर्थिक अनुशासन र पारदर्शिता अभिवृद्धि गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन बोर्डले कर भुक्तानी प्रक्रियाबारे जानकारीको अभाव वा लापरबाहीका कारण व्यवसायीहरूले ठूलो जरिवाना तिर्नुपर्ने अवस्था आउन सक्ने भन्दै सचेत रहन आग्रह गरेको छ । सोही कारण व्यवसायीलाई सचेत गराउने उद्देश्यले यो तालिम आयोजना गरिएको बोर्डले जनाएको छ । विभिन्न चरणमा सञ्चालन गरिएको सो तालिम शुक्रबार समापन भएको छ । साथै, बोर्डले आगामी महिना सोट्टो नेपालसँगको सहकार्यमा पर्यटन व्यवसायीका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी तालिम पनि सञ्चालन गर्ने योजना बनाएको छ ।