अतिरिक्त समयको रोमाञ्चक ड्रामाः केप भर्डेलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

Jul 04, 2026 06:42 AM Merolagani



फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को एक अत्यन्तै रोमाञ्चक र अप्रत्याशित सङ्घर्षपूर्ण खेलमा साविक विजेता अर्जेन्टिनाले डेब्युट्यान्ट केप भर्डे (काबो भर्डे) माथि ३–२ को कठिन जित हासिल गरेको छ।

फ्लोरिडाको मियामी स्टेडियममा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि अतिरिक्त समयमा धकेलिएको खेलमा अर्जेन्टिनाले बाजी मारेको हो। विश्वकपमा पहिलो पटक खेलिरहेको र फिफा वरीयतामा ६७औँ स्थानमा रहेको केप भर्डेले विश्व च्याम्पियन अर्जेन्टिनालाई कडा चुनौती दिँदै खेललाई अन्तिम समयसम्म रोमान्चक बनाएको थियो।

खेलको २९औँ मिनेटमा कप्तान लियोनेल मेसीले सानदार गोल गर्दै अर्जेन्टिनालाई १–० को सुरुवाती अग्रता दिलाए। यो गोलसँगै मेसीले विश्वकप इतिहासमा आफ्नो कुल गोल संख्या २० पुर्‍याउँदै सर्वकालीन शीर्ष गोलकर्ताको कीर्तिमानलाई थप मजबुत बनाएका छन्।

दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै ५९औँ मिनेटमा केप भर्डेका डेरोय दुआर्तेले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए र विश्वलाई स्तब्ध बनाए। केप भर्डेका गोलकिपर वोजिन्हाले मेसीका थुप्रै फ्रिकिक र प्रहारहरूलाई बचाउँदै खेललाई अतिरिक्त समयमा पुर्‍याउन नायकको भूमिका खेले।

अतिरिक्त समय सुरु भएको दोस्रो मिनेटमै (९२औँ मिनेट) मेसीको कर्नरमा ट्यागलियाफिकोको पासलाई सदुपयोग गर्दै डिफेन्डर लिसेन्द्रो मार्टिनेजले गोल गरी अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए। तर, १०३औँ मिनेटमा केप भर्डेका सिड्नी लोपेस काब्रालले डिबक्स बाहिरबाट एक अविश्वसनीय गोल गर्दै खेल पुनः २–२ को सनसनीपूर्ण स्थितिमा ल्याए।

खेल पेनाल्टी सुटआउटतर्फ उन्मुख भइरहेका बेला १११औँ मिनेटमा अर्जेन्टिनाको प्रहारलाई रोक्ने क्रममा केप भर्डेका डिफेन्डर डिनेबाट आत्मघाती गोल हुन पुग्यो। यही दुर्भाग्यपूर्ण गोल नै अर्जेन्टिनाका लागि निर्णायक बन्यो र टोली ३–२ ले विजयी भयो।

यो कठिन जितसँगै अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। अब क्वाटरफाइनल प्रवेशका लागि अर्जेन्टिनाले आजै सम्पन्न खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा पराजित गरेको बलियो अफ्रिकी टोली इजिप्टको सामना गर्नेछ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।