प्रि ओपन सेसन अपडेटः करिब साढे ५ अंक बढ्यो नेप्से

Jul 06, 2026 10:52 AM Merolagani



साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे ५ अंक बढेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात गत शुक्रबार ८.३० अंक बढेर २६५३.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.२३ अंक बढेर २६५८.६३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.४१ अंक घटेको छ।

सोमबार प्रि ओपन सेसनमा ४८ स्टकको ६९ पटकको कारोबारमा ८९ लाख ४ हजार १५८ रुपैयाँ २० पैसाबराबरको १७ हजार ६० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये २१ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी ५ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।




विष्णु पौडेलको मुद्दामा ‘मोडस अपरेन्डी’को विकास भएको आशंकासहित चिट्ठोपत्र सम्बन्धी कसुर’ का फाइल झिकाउने आदेशपछि उच्च पदस्थहरु थप संशकित

Jul 01, 2026 01:54 PM

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ प्रकरणले नेपाली राजनीति र कानुनी क्षेत्रमा नयाँ बहस सिर्जना गरेको छ ।