फिफा विश्वकप २०२६ः मोरक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

Jul 10, 2026 04:41 AM Merolagani



फिफा विश्वकप २०२६ को पहिलो क्वार्टरफाइनल खेलमा साविक उपविजेता फ्रान्सले मोरक्कोलाई २–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।

बोस्टन स्टेडियममा भएको रोमाञ्चक खेलमा दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सले मोरक्कोको कडा चुनौती पन्छाएको हो। यस जितसँगै फ्रान्सले सन् २०२२ को विश्वकप सेमिफाइनलमा मोरक्कोलाई हराएको इतिहास पुनः दोहोर्‍याएको छ।

खेलको २६औँ मिनेटमा फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई मोरक्कोका डिफेन्डर नुसैर माजराउईले डिबक्स भित्र लडाएपछि भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा फ्रान्सले पेनाल्टी पाएको थियो। तर, एमबाप्पेको उक्त प्रहारलाई मोरक्कोका गोलकिपर यासिन बोनोले सानदार बचाउ गर्दै खेल गोलरहित राखे।

पहिलो हाफ ०–० को बराबरीमा सकिएपछि खेलको ६०औँ मिनेटमा किलियन एमबाप्पेले डिबक्सको किनारबाट मोरक्कोका डिफेन्डरहरूलाई छक्काउँदै सानदार गोल गरी फ्रान्सलाई १–० को अग्रता दिलाए। पहिलो गोल भएको ६ मिनेट लगतै ६६औँ मिनेटमा एमबाप्पेको उत्कृष्ट पासमा ओस्मान डेम्बेलेले चलाखीपूर्ण प्रहार गर्दै बललाई नेटको दिशा दिए र फ्रान्सको जित निश्चित गरे।

यस खेलको गोलसँगै किलियन एमबाप्पेले विश्वकप इतिहासमा आफ्नो २०औँ गोल पूरा गरेका छन्, जुन उनले मात्र २० खेलमा हासिल गरेका हुन्। यसका साथै उनी चालु विश्वकप २०२६ मा ८ गोल गर्दै अर्जेन्टिनाका लियोनेल मेसीसँगै ुगोल्डेन बुटु को शीर्ष दौडमा बराबरीमा आइपुगेका छन्। खेलको ७६औँ मिनेटमा खुट्टामा सामान्य चोट लागेपछि एमबाप्पेलाई मैदानबाट निकालिएको थियो, तर टोलीका अनुसार उनको चोट गम्भीर छैन।

सेमिफाइनलमा प्रवेश गरिसकेको फ्रान्सले अब फाइनल प्रवेशका लागि आगामी हप्ता हुने खेलमा स्पेन र बेल्जियम बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। मोरक्कोको भने यो हारसँगै विश्वकप २०२६ को यात्रा क्वाटरफाइनलमै टुङ्गिएको छ।




मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक, निजी क्षेत्रतर्फको कर्जा विस्तार ६.५ प्रतिशतमा सीमित

Jul 07, 2026 11:54 AM

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको वार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ