बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत रेडक्रसको सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पुर्याउन यी उपकरणहरू प्रदान गरेको हो ।
हस्तान्तरण गरिएका सूक्ष्मदर्शी उपकरणहरूले रक्तसञ्चार सेवालाई थप वैज्ञानिक र गुणस्तरीय बनाउन मद्दत गर्नेछन् । विशेषगरी रगतमा रहेका रातो रक्तकण,सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न यसले प्राविधिकहरूलाई सहयोग पुर्याउनेछ ।
यसका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन यी उपकरणहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बैंकले जनाएको छ ।

बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गका अनुसार, यस सहयोगमार्फत सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण एवं जनस्वास्थ्य सेवाको प्रवर्द्धनमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।
मुक्तिनाथ विकास बैंकले विगतदेखि नै शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा विभिन्न सीएसआर कार्यक्रममार्फत सहयोग गर्दै आइरहेको छ ।