छलफलका क्रममा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्त्वपूर्ण आधार भएको बताए । उनले यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याहरू समाधान गर्न सरकार सकारात्मक रहेको उल्लेख गरे ।
निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री शाहले विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षबीच सक्रिय र प्रभावकारी सहकार्य आवश्यक रहेको बताए ।
भेटमा महासंघका प्रतिनिधिहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, तथा बैंकिङ र लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । साथै, निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने धारणा व्यवसायीहरूले राखेका छन् ।