साउनका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको ब्याजदर कति?

Jul 16, 2026 08:47 AM Merolagani



नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी साउन महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन्। प्राप्त तथ्याङ्क अनुसार असारको तुलनामा साउन महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ।

बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर असारको ४.२५८ प्रतिशतविन्दुबाट घटेर साउनमा ४.१६७५ प्रतिशतविन्दुमा झरेको छ। त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि असारको ३.१८ प्रतिशतविन्दुबाट घटेर साउनमा ३.११६ प्रतिशतविन्दुमा झरेको छ।

ब्याजदर घटाउने बैंकहरू

समीक्षा अवधिमा राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.७५ प्रतिशतविन्दु र संस्थागततर्फ १ प्रतिशतविन्दुले ब्याजदर घटाएको छ। त्यसैगरी, ग्लोबल आइएमई बैंकले व्यक्तिगततर्फ ०.५ प्रतिशतविन्दुले ब्याजदर घटाएर ४ प्रतिशत कायम गरेको छ।

असारको तुलनामा साउनमा एनएमबि बैंकले ०.२५ प्रतिशतविन्दु, सिटिजन्स बैंक इन्टरनेशनलले ०.१५ प्रतिशतविन्दु, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ०.१ प्रतिशतविन्दु र कुमारी बैंकले ०.०६ प्रतिशतविन्दुले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर घटाएका छन्।

संस्थागततर्फ नेपाल बैंकले बढायाे ब्याजदर

समीक्षा अवधिमा नेपाल बैंकले भने व्यक्तिगत ब्याजदर स्थिर (४.२५ प्रतिशत) राखे पनि संस्थागत निक्षेपतर्फको दरमा १ प्रतिशतविन्दुको वृद्धि गरी ४ प्रतिशत पुऱ्याएको छ।

असार महिनाकै ब्याजदर

नबिल बैंक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक लगायतका १३ वटा बैंकहरूले असार महिनाकै ब्याजदरलाई साउनमा पनि निरन्तरता दिएका छन्।

कुन बैंकको ब्याजदर कति?




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।