सुनिल पौडेललाई साढे ८ वर्ष कैद र डेढ करोड जरिबाना

Jul 16, 2026 05:41 PM Mero lagani



राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेललाई सुरक्षा उपकरण खरिद ठेक्का सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले ८ वर्ष ६ महिना कैद सजाय सुनाएको छ ।


विशेष अदालतका अध्यक्ष न्यायाधीश सुदर्शनदेव भट्ट तथा सदस्य न्यायाधीश हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले विहीबार गते सजाय निर्धारण गर्दै पौडेल र दीपक आनन्दलाई दोषी ठहर गरेको हो ।

फैसलाअनुसार पौडेल र आनन्दले तत्कालीन विनिमय दरअनुसार नेपाली रु.३ करोड ८ लाख ५० हजार ४ सय बराबर हुने २ लाख ८० हजार अमेरिकी डलर घुस लिन सहमति गरेको पुष्टि भएको छ । सोही आधारमा दुवै जनालाई बिगो बराबर रु.३ करोड ८ लाख ५० हजार ४ सय कायम गरिएको छ ।

साथै पौडेललाई बिगोको आधा अर्थात् रु. १ करोड ५४ लाख २५ हजार २ सय जरिवाना तथा ८ वर्ष कैद सजाय सुनाइएको छ । पौडेल सार्वजनिक पदमा रहेको अवस्थामा कसुर गरेको ठहर गर्दै ऐनको दफा २४ बमोजिम थप ६ महिना कैद सजाय समेत गरिएको छ । यससँगै उनको कुल कैद सजाय ८ वर्ष ६ महिना पुगेको छ ।

अदालतले दीपक आनन्दलाई पनि रु.१ करोड ५४ लाख २५ हजार २ सय जरिवाना तथा ८ वर्ष कैद सजाय हुने ठहर गरेको छ ।

यस्तै, अपराध पीडित संरक्षण ऐन, २०७५ को अनुसार दुवै प्रतिवादीबाट असुल हुने रकमको २ प्रतिशत अर्थात् रु.६ लाख १७ हजार ८ रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्न आदेश दिइएको छ ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।