तनावका बीच अमेरिका र इरानबीच वार्ता जारी रहेको ह्वाइट हाउसको जानकारी

Jul 17, 2026 11:37 AM Merolagani



संयुक्त राज्य अमेरिका र इरानबीच पछिल्लो समय बढ्दो सैन्य तनावका बावजुद दुई देशबीचको वार्ता प्रक्रिया जारी रहेको ह्वाइट हाउसले जनाएको छ ।

 बिहीवार आयोजित पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले इरानले अझै पनि अमेरिकी राष्ट्रपतिसँग सम्झौता गर्न इच्छुक रहेको अभिव्यक्ति दिएको जानकारी दिइन् ।

लेभिटका अनुसार दुई पक्षबीच संवाद भइरहेको भएपनि अमेरिकाले आफ्नो सुरक्षा चासोमा कुनै सम्झौता नगर्ने स्पष्ट पारेको छ । यसअघि बुधवार राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ डिसेम्बरदेखि इरानको हिरासतमा रहेका एक अमेरिकी नागरिकलाई रिहा गरेकोमा इरानलाई धन्यवाद व्यक्त गरेका थिए । उक्त रिहाइलाई दुई देशबीचको कुटनीतिक सम्बन्ध सुधारको सम्भावित शुरुवातका रूपमा हेरिएको छ ।

यद्यपि, कुटनीतिक संवादका बीच सैन्य कारबाही पनि जारी रहेको छ । अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम) का अनुसार इरानी सैन्य क्षमतालाई कमजोर तुल्याउने उद्देश्यले बिहीबार स्थानीय समयअनुसार दिउँसो २ बजेदेखि नयाँ चरणको हवाई आक्रमण शुरु गरिएको छ । इरानमाथि अमेरिकाले गरेको यो लगातार छैटौँ रातको आक्रमण हो ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।