नयाँ आर्थिक वर्षको पहिलो कारोबार दिन उच्च अंक बढ्यो नेप्से

Jul 17, 2026 03:11 PM Merolagani



आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन नेप्से परिसूचक उच्च अंक बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिन सामान्य अंक बढेको नेप्से, यस दिन भने उच्च अंक बढेको हो।

शुक्रबार नेप्से परिसूचक ७९.७४ अंक बढेर २६७७.५४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ११.५१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ५.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.१३ अंक बढेको छ।

नेप्से उच्च अंक बढेपनि यस दिन कारोबार रकम भने सामान्य बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ४ अर्ब ५६ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको ५८ हजार ९४ पटकको कारोबारमा ४ अर्ब ५७ करोड ५० लाख ९४ हजार रुपैयाँबराबरको १ करोड ३ लाख ८९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन श्रीनगर एग्रिटेक इण्डष्ट्रिजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सो कम्पनीको शेयरमूल्य यस दिन १२५ रुपैयाँ ७० पैसा बढेर ९६३ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस दिन सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयरमूल्य करिब १५ प्रतिशत बढेको छ भने शिखर पावर डेभलपमेन्टको शेयरमूल्य साढे १२ प्रतिशत बढेको छ। कारोबारमा आएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड २३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन कर्पोरेट डेभलपमेन्ट बैंकको साढे १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ४.६० प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन लगानी र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने वित्त र होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ। यस दिन म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य अंक घटेको छ।




धितोपत्र बोर्ड अध्यक्ष भट्टले यसै साता 'थ्री-इन-वान' प्याकेज सार्वजनिक गर्दै, 'थ्री-इन-वान' प्याकेजमा के के छन् ?

Jul 13, 2026 06:06 AM

सुवास निरौला

नेपालको पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) यति बेला 'थ्री-इन-वान' प्याकेज लेख्ने कार्यमा व्यस्त छ।