अण्डाको मूल्य बढ्यो

Jul 22, 2026 08:25 AM RSS



‘‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको अण्डाको मूल्य बढ्न थालेको छ। उत्पादन घटेको तर माग बढेपछि मूल्य बढ्न थालेको हो।

नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्छ। संघका अनुसार आजबाट लागु हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) ४५० रुपैयाँबाट ५०० रुपैयाँ पुगेको छ। मध्यम अण्डा ४२० रुपैयाँबाट ४७० रुपैयाँ पुगेको छ। सानो अण्डा ४१५ रुपैयाँ पुगेको छ। सबैमा प्रतिक्रेट ५० रुपैयाँ बढेको हो।

नेपाल लेयर्स कुखुरापालक संघका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए। दैनिक ४५ लाख हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको उनले बताए।

जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको ५५० रुपैयाँमा बिक्री भएकोमा घटेर ४५० रुपैयाँमा झरेको थियो। एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्छ। प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ। अहिले अण्डाको खपत बढेसँगै मूल्य बढ्न थालेको उनले बताए।

मूल्य बढे पनि अझै किसानले लागत मूल्य पाउन सकेका छैनन्। अध्यक्ष पोखरेलले अब छिट्टै लागत मूल्य पाउने आशामा किसान रहेको बताए।

बर्डफ्लुका कारण किसानले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाउँदै उनले प्रभावित भएका किसानलाई राज्यले राहत दिनुपर्ने बताए।




यी ठाउँमा जग्गाको कित्ताकाट रोकियो, जग्गा टुक्राएर बिक्री गर्नेलाई घाटा, अंशबन्डा गर्नेलाई भने असर नपर्ने

Jul 17, 2026 12:37 PM

भूमिको वर्गीकरण सम्पन्न नगरेका देशभरका ४०५ स्थानीय तहमा आजदेखि जग्गाको कित्ताकाट रोकिएको छ। भूउपयोग नियमावलीअनुसार असार मसान्तसम्म भूमिको वर्गीकरण पूरा नगरेका स्थानीय तहमा साउन १ गतेदेखि जग्गाको कित्ताकाट स्वतः बन्द हुने व्यवस्था कार्यान्वयनमा आएको हो।