मन्त्रिपरिषद बै‌ठक दिउँसाे ३ बजे बस्दै

Jul 29, 2026 01:43 PM Merolagani



प्रधानमन्त्री बालेन शाहले आज बुधबार ३ बजेकाे लागि मन्त्रिपरिषद् बैठक बाेलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार दीपा दाहालले एक फेसबुक पाेस्टमाार्फत बैठककाे जानकारी गराएकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकाे सभापति रवि लामिछानेले डाकेकाे सर्वदलीय बैठकमा उपस्थित नभएका प्रधानमन्त्री बालेनले बैठकमा सुनसरी घट्नाकै सम्बन्धमा छलफल गरिने अपेक्षा गरिएकाे छ। उनले गत मंगलबार राति पनि एक फेसबुक पाेस्ट गरेर सुनसरी घटनाका कसुदारहरुलाई कानुन बमाेजिम कारवाही गरिने विश्वास दिलाउँदै सबै जनतालाई आक्राेसित नभई सामाजिक सद्भाव  कायम गर्न आग्रह गरेका छन् ।

 




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।