नाफासँगै बढ्यो सानिमा बैंकको प्रतिशेयर आम्दानी

Jul 27, 2026 09:37 AM Merolagani



सानिमा बैंक लिमिटेड (SANIMA) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको मुख्य आम्दानी, खुद नाफा तथा लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा सुधार देखिएको छ।

बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा ३ अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (२ अर्ब ५७ करोड रुपैयाँ) को तुलनामा ३८.०१ प्रतिशत बढी हो।

बैंकको खुद ब्याज आम्दानी अघिल्लो आर्थिक वर्षको ६ अर्ब ३५ करोड रुपैयाँबाट बढेर ६ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्ष बैंकले खुद शुल्क तथा कमिसन बापत १ अर्ब ३२ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्ष १ अर्ब १९ करोड रुपैयाँ थियो। बैंकको सञ्चालन नाफा अघिल्लो आर्थिक वर्षको ३ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको लाभांश दिने क्षमतामा पनि वृद्धि भएको छ। नियमनकारी समायोजन पश्चात् गत असार मसान्तसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ८३ रुपैयाँ कायम भएको छ। अघिल्लो आर्थिक वर्ष यस्तो नाफा २ अर्ब १० करोड रुपैयाँ थियो। बैंकको चुक्ता पुँजीका आधारमा प्रतिशेयर वितरणयोग्य नाफा २० रुपैयाँ ८५ कायम भएको छ, जसले लगानीकर्ताका लागि आकर्षक लाभांशको बलियो आधार प्रस्तुत गर्दछ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तको तुलनामा बैंकको व्यावसायिक आकार पनि विस्तार भएको छ। ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अगं्राधिकार शेयर सहित बैंकको चुक्ता पुँजी १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४ रुपैयाँ रहेको छ। बैंकको कुल निक्षेप २ खर्ब २३ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४९ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै, ग्राहकहरूलाई प्रवाह गरिएको कर्जा १ खर्ब ७६ अर्ब रुपैयाँबाट बढेर १ खर्ब ९५ अर्ब रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार बढेर २ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.०१ प्रतिशतबाट घटेर २.८७ प्रतिशतमा झर्नु र खुद निष्क्रिय कर्जा १.०२ प्रतिशतमा आउनुले जोखिम व्यवस्थापनमा राम्रो सुधार भएको देखाउँछ। यद्यपि, घट्दो ब्याजदरको अन्तर (३.३९ प्रतिशत), व्यावसायिक सुस्तता र डिजिटल प्रविधि तर्फको रूपान्तरण मुख्य चुनौतीका रूपमा रहेका छन्। बैंकले डिजिटल सेवा विस्तार, निक्षेप मिश्रणमा सुधार र प्रभावकारी कर्जा असुली रणनीतिमार्फत दिगो वृद्धि हासिल गर्ने लक्ष्य लिएको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।