नेपाल बैंकले पनि अघिल्लो आर्थिक वर्षको तथ्यांक संशोधन गरी प्रकाशित गर्यो गत आर्थिक वर्षको वित्तीय विवरण

Aug 14, 2025 08:52 AM Merolagani



नेपाल बैंक लिमिटेड (NBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले अघिल्लो आर्थिक वर्षको तथ्यांक संशोधन गर्दा खुद नाफा वृद्धिदर १३ हजार १७५ प्रतिशत देखिएको छ। गत वर्ष प्रकाशित आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा बैंकको खुद नाफा १ अर्ब ६५ करोड रुपैयाँ थियो। तर, यस वर्ष बैंकले प्रकाशित गरेको वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षको खुद नाफा २ करोड ८४ लाख रुपैयाँ मात्र देखिएको छ। जसका कारण बैंकको नाफा वृद्धिदर उल्लेख्य देखिएको हो।

बैंकले इम्पेरमेन्ट चार्जको तथ्यांक संशोधन गर्दा खुद नाफामा फरक भएको हो। गत वर्ष प्रकाशित वित्तीय विवरणमा २०८१ असार मसान्तसम्मको इम्पेरमेन्ट चार्ज २ अर्ब ५९ करोड रुपैयाँ थियो। तर, हाल प्रकाशित विवरण अनुसार सोही अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ४ अर्ब ७५ करोड रुपैयाँ छ। जसका कारण बैंकको वित्तीय विवरणमा उल्लेख्य परिवर्तन देखिएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १६.८२ प्रतिशत बढेको छ भने खु फि तथा कमिशन आम्दानी ६.०७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १५.६५ प्रतिशत बढेको छ।

१४ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा २३ अर्ब ४८ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४४ करोड ९० लाख रुपैयाँ ऋणात्मक रहेको छ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।