पेट्रोलमा ३ रुपैयाँ र डिजेल/मट्टितेलमा ५ रुपैयाँले मुल्य बढ्यो

Aug 02, 2026 10:17 PM MeroLagani



नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले भोलि बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाइएको हो।

नयाँ मूल्य अनुसार खुद्रा बिक्रीतर्फ पेट्रोलमा प्रति लिटर रु. ३ र डिजेल तथा मट्टितेलमा प्रति लिटर रु. ५ ले वृद्धि गरिएको छ। मूल्य समायोजनपछि वर्ग अनुसार पेट्रोलको मूल्य प्रति लिटर रु. १९७.५० देखि २०० सम्म र डिजेल/मट्टितेलको मूल्य रु. १९७.५० देखि २०० सम्म कायम भएको छ। त्यस्तै, हवाई इन्धन (आन्तरिक) मा प्रति लिटर रु. २० ले वृद्धि गरी रु. २४९ पुर्‍याइएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय) तर्फ काठमाडौँका लागि प्रति किलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ।

पोखरा र भैरहवाका लागि भने हवाई इन्धनको मूल्य 'ब्रेकइभेन पोइन्ट' मा कायम गरिएको निगमले जनाएको छ। खाना पकाउने एलपी ग्याँसको मूल्य भने प्रति सिलिन्डर रु. २०६० नै यथावत् राखिएको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार इन्धनको मूल्य उल्लेख्य बढेर आए पनि उपभोक्ताको हितलाई ध्यानमा राखी सीमित मूल्य वृद्धि गरिएको निगमको भनाइ छ। नयाँ मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक (१५ दिनमा) करिब रु. १ अर्ब ४९ करोड घाटा हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।




साहस ऊर्जाको खुद नाफा १ अर्ब ३५ करोड नाघ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 02, 2026 09:39 AM

साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफामा अघिल्लो आर्थिक वर्षको तुलनामा बढेको छ।