तेह्रथुम पावरको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जगेडा कोष धनात्मक

Aug 10, 2026 09:38 AM Merolagani



तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्ला आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ८ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८८.४० प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १७.८६ प्रतिशत बढेर १८ करोड २६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा २४.१९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २२.३८ प्रतिशत बढेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा ६२.०२ प्रतिशत घटेको छ जसका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ५ रुपैयाँ ४२ पैसा बढेर ११ रुपैयाँ १७ पैसा पुगेको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३० रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३१.२५ गुणा रहेको छ।

८० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष २ करोड ९० लाख रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो कोष १५ करोड ४१ लाख रुपैयाँ ऋणात्मक थियो।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।