मध्याह्रन साढे १२ बजे उनी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिने कार्यक्रम तय भएको छ ।
२०८२ भदौ २२ र २३ मा भएको जेनजी आन्दोलनका क्रममा घाइते भएका देउवा दम्पत्ती त्यतिबेला विदेशिएका थिए । बिहीबार शेरबहादुर देउवामात्र स्वदेश फर्किने निश्चित भएको हो । आरजु राणा देउवा भने केही समय विदेशमै रहने बुझिएको छ ।
शेरबहादुर देउवा आउने भएपछि अहिले त्रिभुवन विमानस्थलमा कांग्रेस कार्यकर्ताहरुको बाक्लो उपस्थिति देखिएको छ । देउवाको स्वागतका लागि कांग्रेस इतर पक्षले विभिन्न तीन ठाउँमा स्वागत कार्यक्रम राखेको छ भने विमानस्थलमा देउवालाई बाजागाजासहित स्वागत गरिने जनाइएको छ ।