गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ७ अर्ब ३८ करोड ७१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०५.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८१ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण बैंकको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३७ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.५५ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.६६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ४३ करोड ९९ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गर्न सफल भएको छ। जसका कारण बैंकको सञ्चालन मुनाफा १०१.०९ प्रतिशत बढेको छ। साे अवधिसम्ममा बैंककाे वितरणयाेग्य मुनाफा ७९ कराेड १६ लाख रुपैयाँ रहेकाे छ भने वितरणयाेग्य प्रतिशेयर आम्दानी ३ रुपैयाँ २ पैसा रहेकाे छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २१ रुपैयाँ २३ पैसा बढेर २८ रुपैयाँ १७ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ७.४५ गुणा रहेको छ।
२६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १८ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ सञ्चित छ। असार मसान्तसम्ममा बैंकले ४ खर्ब २ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७० अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ।
