विद्युत बिक्री आम्दानी बढेपछि भिजन लुम्बिनी उर्जा नाफामा

Aug 13, 2026 01:36 PM Merolagani



भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड (VLUCL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको अघिल्लो आर्थिक वर्ष नोक्सानीमा रहेको यस कम्पनी, गत आर्थिक वर्ष नाफामा पुगेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ९ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी १० करोड ५ लाख रुपैयाँ नोक्सानीमा थियो।

विद्युत बिक्री आम्दानी बढेसँगै कम्पनी नाफामा पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ५३.५८ प्रतिशत बढेर ५८ करोड २३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल नाफा समीक्षा अवधिमा ५७.१७ प्रतिशत बढेको छ भने कुल आम्दानी १०६.८२ प्रतिशत बढेको छ। समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च ४२.७५ प्रतिशत बढेको छ।

कम्पनी नाफामा पुगेसँगै प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ। अघिल्लो आर्थिक वर्ष ५ रुपैयाँ २६ पैसा ऋणात्मक रहेको यस कम्पनीको प्रतिशेयर आम्दानी, गत आर्थिक वर्ष ४ रुपैयाँ ७३ पैसा धनात्मक भएको छ। गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७१ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ९०.४९ गुणा रहेको छ।

१ अर्ब ९१ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ७२ करोड १२ लाख रुपैयाँ रहेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।