माछापुच्छ्रे बैंकको नाफा प्रतिशेयर आम्दानी दुबै बढ्यो

Aug 14, 2026 12:10 PM Merolagani



माछापुच्छ्रे बैंक लिमिटेड (MBL@) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले २ अर्ब ११ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२.२४ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ८८ करोड ३६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी सामान्य बढेपनि र गैर सञ्चालन खर्च घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५३ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी २३.३८ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ११.७४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ०.५४ प्रतिशत बढेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड १९ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपैयाँ ५१ पैसा रहेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ९० पैसा बढेर १७ रुपैयाँ ४९ पैसा पुगेको छ। गत असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.१८ गुणा रहेको छ।

३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गरी १५ अर्ब ८ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको यस बैंकको जगेडा कोषमा ८ अर्ब ४४ करोड रुपैयाँ सञ्चित छ। बैंकले असार मसान्तसम्ममा २ खर्ब २० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६३ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।




कुमारी बैंकले कमायो करिब साढे ७ अर्ब नाफा, वितरणयोग्य मुनाफा कति?

Aug 12, 2026 09:43 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकले सो अवधिसम्ममा करिब साढे ७ अर्ब रुपैयाँ खुद नाफा कमाएको छ।